६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

अधिकार माग्न सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आजदेखि

फाइल तस्बिर

सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको संयुक्त बैठक आजदेखि हेटौंडामा सुरु हुँदैछ। आज र भोलि दुई दिनसम्म चल्ने बैठकमा प्रहरी समायोजन, प्रदेश सरकारको अधिकार लगायतका विषयमा छलफल हुने बताइएको छ।

बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्रीहरू आज साँझसम्म हेटौंडा पुग्ने र ५ बजेबाट बैठक सुरु हुनेछ।  

यसअघि गत असारमा पोखरामा बैठक बसेर मुख्यमन्त्रीहरूले प्रदेशलाई प्रत्यायोजन गर्नुपर्ने सम्पूर्ण अधिकार छ महिनाभित्र प्रत्यायोजन गरिसक्न माग गरेका थिए। ६ महिना बितिसक्दा पनि सङ्घीय सरकारले आफूहरूका माग पूरा नगरेको भन्दै सातै प्रदेशका मुख्यमन्त्रीहरू फेरि बैठक बस्न लागेका हुन्।

सरकारका एकल र साझा अधिकारको कार्य विस्तृतिकरण सम्बन्धमा सरकारसमक्ष सुझाव पेश गर्ने उदेश्यले मुख्यमन्त्रीहरूको बैठक हुन लागेको हो।

बैठकमा सात वटै प्रदेशका प्रमुख सचिवहरू, मुख्य न्यायाधिवक्ताहरू, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घका प्रतिनिधि लगायत सरोकारवालाहरूको सहभागिता रहनेछ।

प्रकाशित: १२ पुस २०८० ०३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App