१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

रानाभाटले ‘खोया’ले किन हाने? खुलेको छैन: प्रहरी प्रमुख थापा

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मकैको खोयाले आक्रमण गर्ने व्यक्तिलाई थप अनुसन्धानका लागि १० दिन म्याद थप गरेर हिरासतमा राखेको छ।

सैँतिस वर्षीय युवा सन्तोष रानाभाटले गत शनिवार पोखरा अंमरसिंह चौरमा भइरहेको रास्वपाको आमसभामा बोलिरहेका सभापति लामिछानेलाई मकैको खोया प्रहार गरेका थिए।

‘किन हान्यो भन्ने अझै खुलेको छैन। हामीले अनुसन्धानका लागि १० दिन म्याद थप गरेर हिरासतमा राखेका छौ’, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख (एसपी) मोहनकुमार थापाले नागरिकन्यूजसँग भने।

उनले भने, ‘हामीले उनको स्वास्थ्य परीक्षण पनि गराएका छौँ। त्यसको रिपोर्ट आउन बाँकी छ।’ एसपी थापाले रानाभाटको परिवारलाई उद्रीत गर्दै भने, ‘आफन्तको भनाई अनुसार उनी बिरामी छन्। मानसिक औषधि पनि खाने भन्ने कुरा आएको छ।’ 

लमजुङको राइनास नगरपालिका–८ स्थायी घर भएका रानाभाट पोखरा बस्दै आएका छन्।

प्रहार भएको खोया हातमा लिँदै कार्यक्रमको माइकबाटै सभापति लामिछानेले रानाभाटले हानेको खोया सुरक्षित र संरक्षण गरेर राख्ने बताएका थिए। ‘म यसलाई घरको भित्तामा झुन्डाएर सुरक्षित राख्छु। कुहिन पनि दिदिन्।’

प्रकाशित: ९ पुस २०८० ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App