१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

लुम्बिनीमा मन्त्रीपरिषद् विस्तार, आज शपथ ग्रहण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले मन्त्रीपरिषद विस्तार गरेका छन्। सात महिनापछि सरकार विस्तार गर्दै उनले दुई जनालाई विभिन्न मन्त्रालयको जिम्मेवारी दिएका छन्।

मुख्यमन्त्री चौधरीले शनिबार दुई मन्त्री थप गरेका हुन्। यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रिीमण्डल थियो। शनिबार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रिमण्डल भएको हो।

नयाँ मन्त्रिपरिषदमा नेकपा (माओवादी केन्द्र) बाट कृष्ण केसी खानेपानी, ग्रामीण तथा सहकारी विकास र नेपाली कांग्रेसका सरोज थापाले पर्यटन तथा यातायात व्यवस्थामन्त्रीको जिम्मेवारी पाएका छन्।  

दुबैजनाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन्। रासस

प्रकाशित: ८ पुस २०८० ०२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App