१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

आज दुई संसदीय समितिको बैठक, यस्ता छन् एजेन्डा

संसदीय संसद् अन्तर्गतका दुई वटा समितिको बैठक बस्ने भएको छ। कानुन, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने लागेको हो।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे  र शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक दिउँसो १ बजे बस्ने जनाइएको छ। यी दुवै बैठक समितिहरूको सभाकक्ष सिंहदरबारमा बस्ने छन्।

मानवअधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल हुनेछ भने शिक्षा, स्वास्थ्य र सूचना समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सैद्धान्तिक छलफल हुने जनाइएको छ।

प्रकाशित: ८ पुस २०८० ०१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App