१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

हेलिकप्टरमा पुगे एमाले अध्यक्ष ओली चिवाभन्ज्याङ, सकियो सङ्कल्प यात्रा

नेकपा एमालेको झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी सङ्कल्प यात्रा आइतवारबाट सकिएको छ। यात्राको अन्तिम दिन पार्टी अध्यक्ष केपी शर्मा ओली र एमाले शीर्षस्थ नेताहरुहेलिकोप्टर प्रयोग गरेर चिवाभन्ज्याङ पुगेका छन्।

यात्रा अवधि भर प्रायः मोटर प्रयोग गर्दै आएका ओलीले पाँचथर सदरमुकामबाट उत्तरी सीमास्थित चिवाभन्ज्याङ पुग्ने क्रममा हेलिकोप्टर प्रयोग गरेका हुन्।

अध्यक्ष ओलीसँगै  वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताले हेलिकोप्टर प्रयोग गरेर चिवाभन्ज्याङ पुगेका छन्। कार्यक्रम समापन गरेर ओली आजै काठमाडौं फर्कने कार्यक्रम छ।

हेरौं तस्बिरमा एमालेको संकल्प यात्राको अन्तिम दिनः

प्रकाशित: १ पुस २०८० ०७:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App