२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

‘लुम्बिनी भन्दा कपिलवस्तुले प्राथमिकता पाउनु पर्छ’

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले लुम्बिनी भन्दा कपिलवस्तुले बढी प्राथमिकता पाउनु पर्ने बताएका छन्।

उनले लुम्बिनी बुद्धको जन्मस्थल भएता पनि कपिलवस्तु क्रिडास्थल, २९ वर्ष बिताएको ठाउँ र १ सय ३६ वटा ऐतिहासिक स्थल भएकाले लुम्बिनी भन्दा पहिला कपिलवस्तुले प्राथमिकता पाउनु पर्ने बताए।

कपिलवस्तु जिल्लाको बहत्तर विकास र आर्थिक संवृद्धिकालागि कपिलवस्तु नगरपालिका सहित जिल्लाका १० पालिकाको समन्वय र सहकार्यमा कपिलवस्तु पर्यटन विकास समितिले कपिलवस्तु विकास कोष गठनका लागि तिलौराकोट दरबार क्षेत्रमा राखेको सङ्कल्प प्रस्ताव कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले सो कुरा बताएका हुन।

विश्व सम्पदा सुचीमा सुचीकृतकालागि प्रस्तावित तिलौराकोट देशकै गौरव गर्ने लायक महत्त्वपूर्ण सम्पदा भएको बताए। ‘तिलौराकोटमा बढी औचित्य र सम्भावना छ, त्यसैले कपिलवस्तुलाई प्राथमिकतामा राख्नु पर्छ।’ उनले भने।

उनले कपिलवस्तुलाई केन्द्रमा राखेर विकास गर्नु पर्ने बताए। जन्मेका ठाउँ भन्दा हुर्केको ठाउँको महत्त्व बढी हुने भए पनि अहिले जन्मेको ठाउँले बढी महत्त्व पाउनुमा किन यस्तो भयो खोज्न जरुरी रहेको उनले तर्क थियाे।

कपिलवस्तुको विकास मुख्य कुरा भएको भन्दै त्यसकालागि एकिकृत ढङ्गमा वा अलग्गै कोष गठन गरी विकास अघि बढाउनु पर्ने विषय भने अध्ययन गर्नुपर्ने उनले बताए।

‘जे भए पनि विकासको रेसियो कपिलवस्तुका लागि बढी राख्नु पर्छ ’ उनले भने। 

उनले ३ हजार वर्ष पहिले रहेको सहरी सम्पदालाई ग्रामीण अवस्थाको समेत पूर्णता दिन नसक्नु लज्जाको पर्ने विषय भएको बताए। भारतले आफ्नो देशमा बनाएको नक्कली कपिलवस्तुलाई सही बनाउन विभिन्न खाले विवादित गतिविधि गरेको प्रति ईन्कित कुनै देशको पनि नाम नलिई ठुलो छिमेकी देशको छाती भने ठुलो हुन नसकेको जिकिर गरे।

उनले ऐतिहासिक स्थलको विकास र पर्यटन दुबैलाई जोड्नु पर्ने बताए। जनताको अधिकार पहिचान तथा सुख र संवृद्धकालागि संघीयता उत्कृष्ट शासन व्यवस्था रहेको उनको भनाइ थियो। अहिले विभिन्न बाहानमा प्रदेश चाहिँदैन भन्ने आवाज उठेकोमा सबै सचेत रहन उनले आग्रह गरे।

प्रकाशित: २९ मंसिर २०८० १५:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App