२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एनसेलविरुद्धको रिटमा पालो कुर्दै डा.अमरेशकुमार

स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंह एनसेल खरिद बिक्री प्रकरणसँग सम्बन्धी दायर गराएका रिटमा आज पनि पालो कुर्दैछन्।

सर्वोच्च अदालतमा गत आइतवार उनले रिट दायर गराएका थिए। तर, ४ दिन बितिसक्दा पनि उनको बहसको पालो आएको छैन।

सामाजिक सञ्जालमा लेख्दै डा.सिंहले एनसेलविरुद्ध आफूले गरेको रिट दर्तामा आज पक्कै बहस गर्ने पालो आउँछ भन्ने आशा छ भनेर लेखेका छन्।

सांसद भएर देशको रक्षा गर्न चुकिरहेको उल्लेख गर्दै भने, ‘एउटा नागरिकको कर्तव्य आफैँ पूरा गर्न लागेको भन्दै उनले ऐनसेल–अजियटा खरिद बिक्रीसम्बन्धी सबै प्रमाणहरू अभिलेख गरिसकेको दावी गर्दै आएका छन्।

प्रकाशित: २८ मंसिर २०८० ०५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App