१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अमरेशकुमार भन्छन्, ‘झोलेहरू पनि थरीथरीका’

एनसेल खरिद बिक्रिमा अनियमितता भएको भन्दै सर्वोच्चमा रिट हालेका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले आफू माथि लागेको ‘बार्गेनिङ’को आरोपको प्रतिकार गरेका छन्।

उनले मङ्गलवार राती सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै आरोप लगाउनेहरूप्रति रोष व्यक्त गरेका हुन। ‘झोलेहरू पनि थरी थरीका कुनै झोलेले मेरो अरबौँको सम्पत्ति हो भन्छन्, कसैले मैले आइफोन प्रो म्याक्स र १०लाख मागे भन्छन्, कुन दिन मैले एनसेल कै शेयर मागे भन्दिन्छन्’, उनले आफ्नो फेसबुक स्ट्याटसमा लेखका छन्।

यसैगरी डा. सिंहले संसद् सचिवालयबाट आफूलाई अराजनीतिक लाभ लिन खोजेको आरोप पनि लगाईएको उल्लेख गरेका छन्। ‘त्यो भनेको के हो? बुझिएन’, उनले लेखको छन्।

डा. सिंहले आफूलाई थर्काउने 'टोले गुन्डाहरू' छुट्टै भएको पनि उल्लेख गरेका छन्। ‘ए झोलेहरू हो तिमिहरू एक ठाउँ गठबन्धन जस्तो बसेर कुरा मिलाएर बोल्नु नी जनताले पत्याउने गरी?’, उनले स्ट्याटसमा लेखेका छन्।

डा. सिंहले यसअघि लेखको स्ट्याटसमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दिपशिखा)ले सांसद अमरेशकुमारको नाम उल्लेख नगरी यस्तो लेखेका थिए, ‘मागेको आईफोन १५ प्रो म्याक्स र पकेट खर्च १० लाख नदिएपछि प्रोपोगाण्डा!हैट नेपाली राजनीति! अडियो भन्दै पदाधिकारी बैठकको संवाद। तेरिमा गोरु!’

यहीको स्ट्याटसको प्रतिकार गर्दै सांसदले सिंहले प्रतिकार गरेका हुन। यी दुईबीच एनसेल खरिद बिक्रीकै कुरालाई लिएर यसअघिका स्टाटसहरुमा पनि आरोप–प्रत्यारोप चलिरहेको छ।

यसअघि डा. सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहाल यो प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै स्ट्याटस लेखेका थिए। उनले सबै प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेका थिए। त्यो स्ट्याटसमा पनि माओवादी सदस्य सापकोटाले यो आरोप पुष्टि गर्न नसके ‘नाङ्गै घुमाउन पाइ कि नपाई’ भन्दै सांसद सिंहलाई चेतावनी दिएका थिए।

डा. सिंहले एनसेल खरिद बिक्रीमा अनियमितता भएको भन्दै सर्वोच्चमा रिट दर्ता गरेका छन्। उनको रिट आइतबारदेखि नियमित पेशी चढेको भएपनि उनले मङ्गलवारसम्म बहस गर्ने मौका पाएका छैनन्। उनको रिट हेर्न नमिल्नेमा राख्ने गरिएको छ।

प्रकाशित: २७ मंसिर २०८० ०२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App