१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

मानवअधिकार आयोग भन्छ: सिफारिस कार्यान्वयन भएन, प्रधानमन्त्री भन्छन्: शत प्रतिशत गर्छु

फाइल।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय मानवअधिकार आयोगले दिएका सिफारिस पूर्ण रूपमा कार्यान्वयन गर्ने हल्का प्रतिबद्धता जनाएका छन्।

७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले मानवअधिकार आयोगले पठाएका सिफारिस शत प्रतिशत कार्यान्वयन गर्ने प्रयास गर्ने बताए। तर, मानवअधिकार आयोगको तथ्यांक हेर्दा हालसम्मका सिफारिस हेर्दा सरकारले १५ प्रतिशत मात्रै पूर्ण रूपले कार्यान्वयन गरेको छ।

आयोगले सरकारलाई पठाएका सिफारिस मध्ये १५ प्रतिशत कार्यान्वयन हुनु भनेको निकै नै न्यून हो। तर, पनि सरकारले वर्षेनी हुने कार्यान्वयनमा सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्‍याउने गरेको छ।

आयोगको सिफारिस अनुसार क्षतिपूर्ति कार्यान्वयन गर्न छुट्टै बजेटको व्यवस्था गरेर अघि बढ्ने प्रधानमन्त्री दाहालले प्रतिबद्धता जनाए। त्यसैगरी मानवअधिकार आयोग सम्बन्धी ऐनका लागि अनुमति दिइसकिएको र अब बस्ने संसद् अधिवेशनमा नै विधेयक दर्ता गर्ने बताए।

साथसाथै कार्यक्रममा मात्रै चर्चाको विषय बन्ने संक्रमणकालीन न्यायलाई प्रधानमन्त्री दाहालले टुंगोमा पुराउने बताए। संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुराउने बताएका छन्।

कार्यक्रममा मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले आयोगको सिफारिस कार्यान्वयनमा ध्यान दिन नसकेको बताएका छन्।

उनले भने, ‘हालसम्म १५.३ प्रतिशत सिफारिस पूर्ण, ३९.२ प्रतिशत आंशिक र ४५.५ प्रतिशत सिफारिसहरु कार्यान्वयन नै हुन सकेको छैन।’

विशेषतः लैंगिक हिंसा, जातीय विभेद तथा छुवाछुतका घटनामा पीडितको न्यायमा सहज पहुँच हुन नसकेको अध्यक्ष मगरले बताए। 

उनले फौजदारी कसुरका आरोपित र पुर्पक्षमा रहेका व्यक्तिले मानव अधिकार उल्लंघनमा दोषी भनी कारबाहीको लागि सिफारिस गरेका व्यक्तिलाई समेत राजनीतिक दलले उम्मेदवार बनाउने, पीडितलाई नै थप पीडा हुनेगरी कैदीहरुलाई माफी दिने कामले विधिको शासन र मानव अधिकारका मूल्य, मान्यता र संस्कृति निर्माणमा चुनौती थपेको बताएका छन्।

यस वर्षको मानवअधिकार पुरस्कार सुदुरपश्चिममा प्रकाशबहादुर सिंहलाई प्रदान गरिएको छ। उनी सञ्चारकर्मी, समाजसेवी, स्वास्थ्यकर्मीसमेत हुन्। उनले कर्णाली र सुदुरपश्चिमका मानिसका लागि निकै सकारात्मक काम गरेका छन्। त्यसैगरी मानवअधिकार आयोगले वर्षेनी दिने स्व। दयाराम स्मृति पुरस्कार भवानीकुमारी कोइरालालाई प्रदान गरिएको छ।

प्रकाशित: २४ मंसिर २०८० १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App