७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

सर्वोच्चका लागि सिफारिस ६ न्यायाधीशको सुनुवाइ मंसिर २७ देखि

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस ६ न्यायाधीशको सुनुवाइ  मंसिर २७ गतेदेखि गर्ने भएको छ।

बिहीबार बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस ६ जनाको सुनुवाइ मंसिर २७, २८ र २९ गते सुनुवाइ गर्ने भएको हो।

समितिले यसअघि ९ मंसिरमा सर्वोच्चको न्यायाधीशमा सिफारिस व्यक्ति उपर उजुरी आह्वान गरेको थियो। हालसम्म समितिमा १० वटा उजुरी परेको छ।

न्यायपरिषदको मंसिर ५ मा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो।

प्रकाशित: २१ मंसिर २०८० ०७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App