१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

ओलीलाई ९ वर्षीय बालकको प्रश्न: ‘पेट पाल्न विदेश जानै पर्ने हो ?’

क्याप्शन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका ९ वर्षीय बालकले एक पत्र थमाउँदै एक गम्भीर प्रश्न गरेका छन्। उनले पेट पाल्नकै लागि नेपालीहरू बिदेसिनु पर्ने बाधयताको अन्तय कहिले हुन्छ भनी ओलीसँग प्रश्न गरेका हुन्।

मंगलबार एमाले अध्यक्षले ओलीले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका उक्त पत्रमा गुर्भाकोट नगरपालिका- १० भेडाभारी सुर्खेतका किशोर पौडेलले ओलीलाई दिएको चिठीमा ‘हामी युवा हुँदा पनि पेट पाल्न विदेश जानै पर्ने अवस्थाको अन्त्य गर्न’ आग्रह गरेका हुन्। साथै उनले स्वदेशमै कमाइको वातावरण बनाउन समेत ओलीसमक्ष आग्रह गरे।

उनले पत्रमा लेखेका छन् :

सम्माननीय पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ज्यू

म र मजस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दासम्म पेट पालनको लागि विदेश जानै पर्ने अवस्थाको अन्त्य गरिदिनुहुन अनुरोध गर्दछु।

किशोर पौडेल

गुर्भाकोट नगरपालिका भेडाबाटी, सुर्खेत।

ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ‘हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो। हिँडेन बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिठ्ठी हातमा थमाए। स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए।

मैले सोचें – हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नु पर्छ। ग्रामीण विद्युतीय, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौं। सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन्। यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ।’ 

प्रकाशित: १९ मंसिर २०८० ११:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App