२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

तोसिमाले थोरै लेखिन्, पाठकले धेरै बुझे

भनिन्छ–बुझ्नेलाई इशारा काफी। रास्वपाको महोत्तरी  बैठक लगत्तै  उक्त पार्टीकी सांसद तोसिमा कार्कीले फेसबुकमा पोस्ट गरेको ६ अक्षरको एउटा  स्ट्याटसले हजारौँ  प्रतिक्रिया पाएको छ। ‘विधिको शासन?’ उनले लेखेको यत्ति हो।

तर, यसमा हजारौँ प्रतिक्रिया आएका छन्। यसैलाई आधार बनाएर बनाइएको समाचारहरूले लाखौँ भ्यूज पाएको छ। किनकि धेरैलाई लाग्यो, उनले यो प्रश्न आफ्नै पार्टीलाई  गरेकी हुन् भन्न। पाठकका प्रतिक्रिया पनि त्यस्तै आएका छन्। ‘प्रजातान्त्रिक होस कि प्रगतिशील ,राइट होस कि लेफ्ट, सबैले आफ्नो दुनो सोझ्याउने, आफ्नो आसेपासेलाई च्याप्ने हो,’  तोसिमाको स्ट्याटसमा आशुतोष पन्त लेख्छन्, ‘राम्रो होइन हाम्रो छान्ने! यहाँ न विधि न नियम!

जलेश्वरमा सम्पन्न पार्टीको संयुक्त बैठकले नयाँ अनुहार भित्राए पनि उनी र उनीजस्ता केही सङ्घर्षशीललाई पाखा लगाएको धेरैले अनुमान  गरेका छन्। पार्टीका अर्का सांसद सोबिता गौतम, विराजभक्त श्रेष्ठ जस्ता ऊर्जाशील मान्छेलाई महत्त्वपूर्ण जिम्मेवारीबाट पन्छाइँदै गर्दा  तोसिमाको यो सानो स्ट्याटसले धेरै कुरा बोलेको छ।  

झट्ट हेर्दा यो सानो कुरा देखिन्छ। तर यसले निकै ठुलो सन्देश दिएको छ।  

‘प्रजातान्त्रिक होस कि प्रगतिशील ,राइट होस कि लेफ्ट,सबैले आफ्नो दुनो सोझ्याउने ,आफ्नो आसेपासे लाई च्याप्ने हो,’  तोसिमाको स्ट्याटसमा आशुतोष पन्त लेख्छन्, ‘राम्रो होइन हाम्रो छान्ने! यहाँ न विधि न नियम !

ठुला भनिएका दलबाट विधिको शासन हराउँदै गर्दा यही नारा लिएर रास्वपा उदाएको थियो। पार्टी सत्ताको नजिक रहँदै गर्दा विभिन्न व्यक्तिको यो दलप्रति आकर्षण बढ्नु स्वाभाविक हो। यस्तोमा अन्य दलमा जस्तै पार्टीको दुखको समयमा साथ दिनेहरूलाई नजरअन्दाज गर्दै पार्टीसँग स्वार्थ जोडेर टाँसिन आउनेलाई साथ लिने प्रवृत्ति यो पार्टीमा पनि देखिएको सङ्केत गर्छ। त्यसैले पनि तोसिमाको यो वाक्यले यति धेरै प्रतिक्रिया पाएको हुनसक्छ।  

पेसाले चिकित्सक र राष्ट्रिय स्वतन्त्र पार्टीकी  केन्द्रीय सदस्य उनी माओवादी नेतृ पम्फा भुसाललाई हराउँदै ललितपुर ३ बाट प्रतिनिधि सभामा निर्वाचित भएकी हुन्। कार्कीले स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीको रूपमा ३ माघ २०७९ देखि २२ माघ सम्म सेवा गरेकी थिइन्।  

जलेश्वरमा सम्पन्न बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. स्वर्णिम वाग्लेलाई पार्टी उपसभापतिमा मनोनयन गरेको छ। यस्तै बैठकले १२ सदस्यीय पार्टी सचिवालय पनि गठन गरेको छ। साथै तीन सह–प्रवक्ता थप गरेको छ। मनिष झा, प्रतिभा रावल, र रमेश प्रसाईँलाई पार्टीको सह प्रवक्ता मनोनयन गरेको हो। त्यस्तै अनिल केशरी शाह, राजन गौतम,डा.नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ।  

यस्तोमा तोसिमा, सोबिता विराजभक्तलगायतले सचिवालयमा  महत्त्वपूर्ण जिम्मेवारी नपाउँदा  कतिपय निराश देखिएका छन्।  त्यही निराशाको एउटा कडीको रूपमा पनि तोसिमाको स्ट्याटसलाई धेरैले लिएका छन्।

प्रकाशित: १७ मंसिर २०८० ०३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App