६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

राप्रपा नेपालको बैठक मंसिर २४ र २५ मा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक मंसिर २४ र २५ गते काठमाडौंमा बस्ने भएको छ। बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुकुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, सांगठनिक र रणनीतिक कार्यदिशाका बारेमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ।

बैठकमा सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालय, संगठन विभाग प्रमुख राजाराम बर्तौलाले संगठनसम्बन्धी र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गर्ने कार्यतालिका छ।

यो तीन–तीन महिनामा बस्ने नियमित बैठकसमेत भएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। मंसिर २५ गते उपत्यकास्तरीय बृहत् कार्यकर्ता भेला गरी बैठक समापन हुने पार्टीले जनाएको छ। —रासस

प्रकाशित: १७ मंसिर २०८० ०३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App