२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भिभिआईपीको सवारले फ्लाइट सार्नुपर्‍यो, छुटेका यात्रुसँग माफी माग्छु: मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्सले प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा बुधवार ३१ यात्रु छोडिएकोप्रति माफी मागेका छन्।

बिहीवार काठमाडौंमा म्युजिक भिडियो म्युम्जमा ए सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। उनले २७४ जना प्यासेन्जरमध्ये ३१ जना छोडिएको र उनीहरुलाई सरकारले नै होटलमा राखि आज गन्तव्यमा पु¥याएको बताए। भिभिआईपी सवार हुने भएकाले पराष्ट्रको चिठी, निर्देशनको आधारमा झन्डै दुई हप्ता अघिदेखि नै राति साढे ११ बजेको फ्लाइट सार्नुपरेको उनको भनाइ छ। उनले प्यासेन्जरहरुलाई मेल र फोन गरेर जानकारी गराएपनि फोन नउठाउने र मेल जाँच नगर्नेहरु समस्यामा परेको बताए।

उनले भने, ‘भर्खर नेपाल एयरलाइन्स चढेर सम्माननीय प्रधानमन्त्री दुबई जानुभएको छ। ३१ जना यात्रु छोडियो भनेर समाचार आएका छन्। आज धेरै छापिएको छ। मेरो पनि नाम छापिएको छ, ठिकै छ, मेरो बाउको नाम कहिल्यै छापिएन। २७४ जना प्यासेन्जरमध्ये ३१ जना छोडियो। हाम्रो जहाजको सेड्युल ११ बजेर ३० मिनेटमा थियो। तर भिभिआईपी सवार हुने भएकाले पराष्ट्रको चिठी, निर्देशनको आधारमा झन्डै दुई हप्ता अघिदेखि नै हामीलाई सार्न लगाएपछि बाध्य भयौँ। संसारमा जहाँ पनि सार्नुपर्छ। फोन हुनेलाई फोन र मेल हुनेलाई मेल पठायौँ। फोन नउठाउने र मेल नहेर्ने छुट्नुभएछ। उतैबाट टिकट काटेर आएकाहरु छुट्नुभयो। उहाँहरुसँग सम्बन्धित निकायले माफी पनि मागेको छ। मन्त्री भएकाले म पनि क्षमा माग्न चाहन्छु। नियमअनुसार नै उहाँहरुलाई होटलमा राखेर आज बेलुकासम्ममा हामी गन्तव्यमा पठाउँछौँ।’

प्रकाशित: १४ मंसिर २०८० १३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App