२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रस्तावित राजदूत पौडेलले कर्मचारीको छात्रवृत्ति छोरीलाई उपलब्ध गराएको उजुरी

क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध संसदीय सुनुवाइ समितिमा दुई वटा उजुरी परेको छ। शुक्रबार उनी विरुद्धको उजुरी खोली समितिले सदस्यहरुलाई वितरण गरेको छ।

‘नेपाल सरकारबाट आउने स्वीट्जरल्याण्डको ‘मास्टर्स अफ एड्भान्स स्टडिज युरोपिएन एण्ड इन्टरनेशनल गभर्नेन्स स्कलरसिप’ परराष्ट्रको कर्मचारीलाई नदिएर आफ्नो छोरीलाई दिलाएको उजुरीमा उल्लेख छ।  

साथै, परराष्ट्र सेवाबाट राजदूत सिफारिस गर्दा सेवा अवधि बाँकी रहेकाहरूलाई अवसर दिइनुपर्नेमा सेवा निवृत्त हुन लागेका व्यक्तिलाई पठाउन खोजिएको उजुरी परेको छ। पौड्याल आगामी मंसिर २० मा सेवानिवृत्त हुँदै छन्। सेवानिवृत्त हुनु अगाडि उनको नाम राजदूतका लागि सिफारिस भएको हो।

पौड्यालको संसदीय सुनुवाइ आगामी आइतबार गर्ने निर्णय समितिले गरेको छ। त्यस अगाडि समितिले उजुरीकर्तासँग छलफल गर्नेछ। गत कायिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले पौड्याललाई राजदूत सिफारिस गरेको हो।

संसदीय सुनुवाइ समितिले गत कात्तिक १५ गते उजुरी आह्वान गरेको थियो। त्यस क्रममा दुई वटा उजुरी परेका हुन्।

यसै गरी, पोर्चुगलको लागि प्रस्तावित राजदूत शनिल नेपालको  संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउने गरी शुक्रबार उजुरी आह्वान गर्ने समितिले निर्णय गरेको छ।

प्रकाशित: ८ मंसिर २०८० १२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App