४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शुक्रबारदेखि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु हुँदै

संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपालको संसदीय सुनुवाइ प्रक्रिया शुक्रबारबाट अघि बढाउने भएको छ।

कात्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकले शनिल नेपाललाई पोर्चुगलको राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो। सो को पत्र प्रधानमन्त्री  तथा मन्त्रिपरिषद्को कार्यालयबाट संसदीय सुनुवाइ समितिमा बुधबार आएको छ। 

सरकारले पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्ने निर्णय गरेसँगै राजदूतको सिफारिस गरेको थियो। पोर्चुगलमा नेपालीको संख्या बढ्दै गएको तर राजदूतावास नहुँदा छिमेकी युरोप देश जानुपर्ने बाध्यता भएको भन्दै सरकारले राजदूतावास स्थापना गर्ने निर्णय गरेको थियो।

यसै गरी, क्यानडाको लागि प्रस्तावित राजदूत भरतराज पौड्याल विरुद्धको उजुरी पनि शुक्रबार कै बैठकमा खोली वितरण गरिने भएको छ। उनलाई गत कात्तिक १५ गतेको बैठकले दश दिने उजुरी दिने समय दिइएको थियो।

प्रकाशित: ६ मंसिर २०८० ११:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App