२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बालुवाटारमा तीन दलका नेताहरु छलफलमा

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पुगेको र संक्रमणकालीन न्यायको लागि अझै कानुन नबनेको विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दलसहित सत्ता पक्षका नेतालाई बालुवाटार बोलाएका छन्। 

प्रधानमन्त्री दाहाले काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली बालुवाटार बोलाएका हुन्।

विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा भएको सन्दर्भमा प्रधानमन्त्री दाहालले उनीहरुलाई बालुवाटार बोलाएको माओवादीका केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ले पुष्टि गरेका छन्। उनीहरु अहिले बालुवाटारमा छलफल गरिरहेको मल्लले बताए।

प्रकाशित: ५ मंसिर २०८० १३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App