१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

भूकम्प पीडितको घर बनाउन कांग्रेसले श्रमदान गर्ने

पहिलो चरणमा १३ समूह सम्बन्धित क्षेत्रमा पठाइने

फाइल तस्बिर।

नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी घर टहरा निर्माणका लागि श्रमदान गर्ने निर्णय गरेको छ।

महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बसेको पार्टी पदाधिकारी, केन्द्रीय सदस्य एवं भ्रातृ संस्थाको बैठकले अति जोखिममा रहेका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माणमा सहयोग गर्न एक निर्माण विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने गरि १०÷१० जनाको समूह प्रभावित जिल्लामा पठाउने निर्णय गरेको हो।

कांग्रेसले पहिलो चरणमा १३ समूह सम्बन्धित क्षेत्रमा पठाउने निर्णय गर्दै उक्त समूहहरुले एक हप्ता काम गरिसकेपछि क्रमिक रुपमा अर्को १३ वटा समूह सम्बन्धित क्षेत्रमा तुरुन्तै पठाई पहिलो समूहलाई प्रतिस्थापन गरिने निर्णय गरेको छ।

‘श्रमदानमा खटिएका जनशक्तिका साथमा सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्य सम्बन्धी शिविर संचालन गर्न प्रजातन्त्रवादी चिकित्सक संघका चिकित्सकहरु परिचालन गर्ने छ,’ प्रचार विभाग प्रमुख मीन बिकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रभावित क्षेत्रमा पठन–पाठन सुचारु गर्न आवश्यक भौतिक तथा अन्य बन्दोबस्त मिलाउन नेपाल शिक्षक संघले सामूहिक रुपमा कार्य गर्ने छ।’

नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आफ्नै खर्चमा हाल चार वटा अस्थायी विद्यालय र चाँडै नै दुई वटा स्थायी पक्की विद्यालय भवन बनाउने पनि कांग्रेसले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०८० १२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App