१६ चैत्र २०८० शुक्रबार
राजनीति

समानुपातिकमा १० लाख मत खेर गयो

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ करिब १० लाख मत खेर गएको छ । कुल सदर मतको तीन प्रतिशत ल्याउन नसकेका कारण साना दललाई प्राप्त  मत खेर गएको हो ।

समानुपातिकतर्फ १० लाख ७९ हजार बढी मत बदर भएको छ । खेर जाने मत र बदर मत बराबरजस्तै छ । खेर जाने र बदर मत जोड्दा २० लाख ७६

गणना नहुने अर्थात् खेर जाने मत काठमाडौं उपत्यकाका तीन जिल्लाको मतदाता संख्या बराबर छ । समानुपातिकतर्फको मतगणना सकिँदा त्यत्तिकै मात्रामा मत बदर भएको छ । १० लाख ७९ हजार बढी मत बदर भएको छ । खेर जाने मत र बदर मत बराबरजस्तै छ । खेर जाने र बदर मत जोड्दा २० लाख ७६ हजार हुन्छ । यो मत संख्या उपत्यकाका तीन जिल्लाका मतदाता संख्याभन्दा दोब्बर हो । काठमाडौं, भक्तपुर र ललितपुरको मतदाता संख्या १० लाख ९ हजारभन्दा बढी छ ।
पहिलो चरणमा मंसिर १० र दोस्रो चरणमा मंसिर २१ मा भएको निर्वाचनमा १ करोड ५ लाख ८७ हजार ५ सय २१ मत खसेको थियो । समानुपातिकतर्फ ९५ लाख ८ हजार १ सय ४४ मत सदर भएको छ । खसेको मत र दलहरूले ल्याएको मतलाई हेर्दा १० प्रतिशत मत बदर छ ।
सदर मतको तीन प्रतिशत २ लाख ८५ हजार २ सय ४४ मत हुन्छ । तीन प्रतिशत मत कटाउने राजनीतिक दलले मात्र प्रतिनिधिसभामा समानुपातिक प्रतिनिधित्व गर्न पाउने कानुनी व्यवस्था छ । प्रत्यक्षतर्फ एक सिट जितेका र समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउने दलले राष्ट्रिय दलको मान्यता पाउँछन् ।
समानुपातिक मतपरिणाम हेर्दा सबैभन्दा ठूलो दल एमाले भएको छ । दोस्रो ठूलो दल नेपाली कांग्रेस भएको छ । नेकपा माओवादी केन्द्र तेस्रो ठूलो दल भएको छ । यो मतका आधारमा समानुपातिकतर्फ एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राजपा र संघीय समाजवादी फोरमले ६÷६ सिट ल्याउने देखिएको छ । समानुपातिक निर्वाचन प्रणालीमा देशको भूभागलाई एक निर्वाचन क्षेत्र मानिन्छ । मतदाताले दललाई दिएको  कुल सदर मतमध्येबाट दलको समानुपातिक सिट संख्या निर्धारण हुनेछ ।
समानुपातिकतर्फ खेर जाने मतमा विवेकशील साझा पार्टीको २ लाख १२ हजार, राप्रपाको १ लाख ९६ हजार, राप्रपा प्रजातान्त्रिकको ८८ हजार, नयाँ शक्ति पार्टीको ८१ हजार, राजमोको ६२ हजार र अन्य साना पार्टीको ३ लाख ५५ लाख मत छ । तीन प्रतिशत मत कटाउन नसकेकाले यो मतको अर्थ नभएको हो ।
समानुपातिकतर्फ मतगणना सकिए पनि निर्वाचन आयोगले आधिकारिक रुपमा  परिणाम घोषणा गरेको छैन । आयोगका अनुसार समानुपातिकतर्फको मत प्रमाणित गर्ने काम भइरहेकाले एकदुई दिनमा घोषणा गरिनेछ । आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिमिल्सिनाले भने, ‘भेरिफाइ गरिरहेका छौं । मिति तोक्न सकिँदैन । सकेसम्म छिटो सार्वजनिक गर्नेछौं ।’
प्रदेशसभा समानुपातिकतर्फका सहायक निर्वाचन अधिकृतसमेत रहेका तिमिल्सिनाका अनुसार कुन पार्टीलाई कति मत आयो, कति बदर भयो भन्ने अहिलेको प्रारम्भिक नतिजा हो । निर्वाचन अधिकृतले हस्ताक्षर गरी प्रमाणित भएका कागजलाई आधार मानेर आयोगले आधिकारिक मतपरिणाम घोषणा गर्ने उनले बताए । ‘त्यसपछि कुन दलले थ्रेसहोल्ड ल्याउन सक्यो सकेन भन्ने थाहा हुनेछ । हामीले अहिले नै केही भन्न सक्दैनौं’, उनले भने । समानुपातिक मत संख्या आयोगमा पेस भएपछि बल्ल पार्टीहरूलाई जानकारी गराइने तिमिल्सिनाले बताए ।
समानुपातिकमा दलहरूले ३३ प्रतिशत महिला अनिवार्य पु¥याउनुपर्ने भएकाले अधिकांश महिला निर्वाचित हुने देखिएको छ । समानुपातिकबाट सबैभन्दा धेरै महिला एमालेले पठाउनुपर्ने देखिन्छ । प्रत्येक दललाई संघीय संसद्मा ३३ प्रतिशत महिला पु¥याउनुपर्ने अनिवार्य बाध्यता छ ।  
प्रतिनिधिसभामा १ सय १० जना सदस्य समानुपातिक प्रणालीमार्फत निर्वाचित हुनेछन् । त्यसैगरी प्रदेशमा २ सय २० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । निर्वाचन आयोगमा ४९ दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् ।

प्रकाशित: ३ पुस २०७४ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App