४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भूकम्पको केन्द्रबिन्दुमा राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेल गत शुक्रबार राति गएको भूकम्पको केन्द्रबिन्दु बारेकोट गाउँपालिका-१ को रामीडाँडा पुगेका छन्।

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा भएको क्षति, राहत वितरणको अवस्थालगायतका विषयमा अनुगमन गर्न राष्ट्रपति मंगलबार काठमाडौँबाट सुर्खेत हुँदै भूकम्प प्रभावित जिल्ला पुगेका हुन्।

जाजरकोट सदरमुकाम खलंगामा भूकम्पले पुर्‍याएको क्षतिको अवलोकन गरेका राष्ट्रपतिले स्थानीय प्रशासनबाट क्षतिको विवरण, राहत वितरण र भूकम्पपछिको पुन:निर्माणका विषयमा जानकारी लिएका थिए।

राष्ट्रपति पौडेल भूकम्पको केन्द्रबिन्दु रामीडाँडाबाट रुकुम पश्चिम जाने कार्यक्रम छ। त्यहाँबाट उनी सुर्खेत पुगेर कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका बिरामीहरूलाई भेटघाट गर्नेछन्।

प्रकाशित: २१ कार्तिक २०८० ०९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App