२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

घाइतेहरुको उपचारमा कमी हुन नदिन मन्त्री पाण्डेको निर्देशन

भेरी अस्पतालमा घाइतेको अवस्था बुझ्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री सन्तोष पाण्डे लगायत। तस्बिर: नागरिक।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री सन्तोष पाण्डेले भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइतेलाई भेटेका छन्। मन्त्री पाण्डेले घाइतेको उपचारमा कमी हुन नदिन चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिए। 

सो क्रममा मन्त्री पाण्डेले प्रदेश स्वास्थ्य मन्त्रीसँग समन्वय गरेर बजेट तथा आवश्यक सहयोगको व्यवस्थापनमा प्रतिबद्धता जनाएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। मन्त्री पाण्डेसँगै लुम्बिनी प्रदेशका सांसद अम्बिका काफ्ले पनि उपस्थित भएकी थिइन्।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. पवनजंग रायमाझीले भूकम्पका घाइतेको उपचारमा भइरहेका कामबारे अवगत गराएका थिए।

प्रकाशित: १९ कार्तिक २०८० १४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App