२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेको गुण बिर्सिने छैन, सबै दललाई समेटेर सरकार बनाउँछु: मुख्यमन्त्री कार्की

फाइल तस्बिर

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबै दललाई समेटेर सहमतीय सरकारको प्रयास भइरहेको बताएका छन्।

उनले आफूलाई मुख्यमन्त्री बनाउन सहयोग गर्ने एमाले केही अंश लागू गर्न पनि सहमतीय सरकारको प्रयास भइरहेको बताए।

‘आफूलाई मुख्यमन्त्री बनाउन जसले समर्थन गरेको हो उसको गुण बिर्सिने छैन,’ बिहीबार पत्रकारहरूसँग मुख्यमन्त्री कार्कीले भने, ‘एमालेले यसअघि सहमतीय सरकारको प्रस्ताव पटक–पटक गरेको र त्यसको केही अंश भएपनि आफूले लागू गर्न सहमतीय सरकारको प्रयास गरी रहेको छु।’ उनले सहमतीय सरकारले आफूले सफल बनाउने बताए।

मुख्यमन्त्री कार्की आफूलाई सरकार बनाउन सहयोग गरेको एमालेको एजेण्डा अनुसार नै प्रदेश सरकार विस्तार गरिने बताए। ‘हुन त सरकारमा प्रतिपक्ष चाहिन्छ, तर कोशी प्रदेशको विशिष्ट परिस्थितिलाई ध्यानमा राखेर संविधानको धारा ६८ को ५ अनुसार सरकार बनेकोले गर्दा यहाँका राजनीतिक दलले पनि सोही विवेक प्रयोग गरेर सबै सरकारमा सहभागी हुन्छन् भन्नेमा विश्वस्त छु।’ उनले कोशी प्रदेशको विशिष्ट परिस्थितिका कारण समर्थन गर्ने र आलोचना गर्नेलाई एकै ठाउँमा बसेर सहकार्य गर्ने वातावरण बनेको बनाए।

एमालेको समर्थन पाएर असोज २८ गते मुख्यमन्त्री बनेका कार्की यति वेला सरकार गठनमा अलमलिएका छन्। सहमतिको सरकार बनाउने तर कुन–कुनदलहरुलाई सरकारमा समावेश गर्ने भन्ने निर्णय गर्न नसक्दा कोश प्रदेशको सरकार गठनमा ढिलाई भएको छ।

तर मुख्यमन्त्री बन्न समर्थन गरेको एमालेको सहयोगलेनै आफूले सरकार बनाउने भनिरहेका मुख्यमन्त्री कार्कीले ठोस निर्णय दिन नसक्दा प्रदेश सरकार सञ्चालनमा बाधा पुगेको एमालेका नेताहरुले टिप्पणी गर्न थालेका छन्। नेकपा एमाले कोशी प्रदेशले आफूले सहयोग गरेको हुनाले एमाले र काँग्रेसको सरकार हुनु पर्ने दाबी गर्दै आएका छन्। 

प्रकाशित: १६ कार्तिक २०८० १३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App