१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस दुबो जस्तै हो, जहाँ फाल्यो त्यही जन्मिन्छ: मन्त्री आचार्य

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले कांग्रेस माथि निरन्तर आक्रमण भइरहे पनि कांग्रेस नसकिने बताएका छन्।

उनले केही समय पहिलो स्थापना भएको स्वतन्त्र पार्टी लगायतले कांग्रेसलाई लक्षित गरी विभिन्न आरोप र आक्रमण गरिरहे पनि कांग्रेस दुवै जस्तै रहेकोले कहिलै नसकिने बताएका हुन्।

मन्त्री आचार्यले कांग्रेस नदी जस्तै निरन्तर बगी रहने र कहिले नसुक्ने बताए। कांग्रेस क्षेत्र नम्बर-२ द्वारा तौलिहवा स्थित पार्टी कार्यालयमा बिजया दशमी, नेपाल संवत, दीपावली र छठको अवसरमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा उनले सो कुरा बताएका हुन।

‘केही दिन पहिलो मात्र जन्मिएका पार्टीका नेताले कांग्रेसको केही अस्तित्व छैन भनिरहेका छन्’ मन्त्री आचार्यले भने ‘उनले कांग्रेस दुबो जस्तो हो, जहाँ फाल्यो त्यही जन्मिन्छ’

उनले बाढीको भेल जस्तै आएको स्वतन्त्र पार्टीको आर्फै सुकेर जाने बताए। उनले कांग्रेसीको आपसी लडाइँले जिल्लामा अहिले विगतको तुलनामा कमजोर भएको जिकिर गरे।

मन्त्री आचार्यले अन्तर्घात गर्नेहरुलाई सुध्रिएर आउन आग्रह गर्दै नभए पार्टी छाडेर जान समेत चेतावनी दिए। उनले जिल्लामा आफूले सिङ्गो पार्टीलाई एक बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ११ कार्तिक २०८० १२:२७ शनिबार