१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

वाम सहकार्य र समन्वयका लागि शुक्लागण्डकीमा कार्यदल गठन

तनहुँको शुक्लागण्डकी नगरपालिकामा वाम सहकार्य र समन्वयका लागि कार्यदल गठन गरिएको छ।दसैँको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा वाम भेटघाटका क्रममा कार्यदल गठन गरिएको हो।

शुक्लागण्डकी नगरपालिकामा क्रियाशील कम्युनिष्ट पार्टीहरु नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत वाम बुद्धिजीविको भेलाले एमाले शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मुक्तिनाथ तिमिल्सिनाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको हो।

कार्यक्रममा शुभकामना आदानप्रदानसँगै वाम आन्दोलनको चर्चा, समीक्षा र पुनः वाम एकताको सम्भावना र आवश्यकताबारे गहन छलफल भएको नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मनराज गुरुङले बताए।  

सो अवसरमा वाम बुद्धिजीवि शेषमणि आचार्य, माओवादी केन्द्रका केन्द्रीय सदस्य आशा कोइराला, एमालेका तर्फबाट गण्डकी प्रदेशसभा सदस्य श्यामराजा महत, शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले वाम एकता अहिलेको आवश्यकता रहेको औंल्याए।

प्रकाशित: ९ कार्तिक २०८० १६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App