२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल मुस्ताङमा, कोरला नाकाको अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहाल मुस्ताङ पुगेका छन्। नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान जोमसोम पुगेका प्रधानमन्त्री दाहाल कोरलानाका, गत साउनको बाढीले क्षति पुगेको कागबेनीलगायत क्षेत्रको अनुगमन गरेका छन्।  

प्रधानमन्त्री दाहालले मुस्ताङ भ्रमणका क्रममा कोरलानाका र गत साउनको बाढीले क्षति पुगेको कागबेनीको हवाई निरीक्षण गर्ने कार्यक्रम छ। उनले हालै गरेको चीन भ्रमणका क्रममा मुस्ताङको कोरलालगायत १४ वटा व्यापारिक नाका सञ्चालन गर्ने सहमति भएको थियो।

प्रधानमन्त्री दाहालसँगै वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो, गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिंखडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतको टोली मुस्ताङमा छ।

प्रधानमन्त्री दाहालले मुक्तिनाथ मन्दिरको पनि अवलोकन गरेका छन्।

जलवायु संवादका लागि मुस्ताङ पुगेका प्रधानमन्त्री दाहालले उक्त क्षेत्रको अवलोकन गरेका हुन्।

मुस्ताङ भ्रमणका क्रममा प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु संवादमा सम्बोधन र जनतासँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: १ कार्तिक २०८० ०३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App