१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले वास्तविक एमाले होइन: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमाले वास्तविक एमाले नभएको टिप्पणी गरेका छन्।

सुदूरपश्चिम प्रदेशको धनगढीमा आज मंगलवार समाजबादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै दाहालले एमाले वास्तविक एमाले नभएको टिप्पणी गरेका हुन्।

उनले भने, 'नेकपा एमाले वास्तविक एमाले होइन। गणतन्त्रवादी होइन। तातिबेला एमालेको नेतृत्व नेपाल नभएर एमालेको अहिलेको नेतृत्व भएको भए सम्भव हुने थिएन।'

दाहालले प्रतिगमनलाई चुनौती दिन लाखौँ जनता सडकमा उतार्ने पनि बताएका छन्। सडकमा लाखौँ जनता उतारेर प्रतिगमनकारीलाई चुनौती दिने उनको भनाइ छ। जनता सडकमा उतार्ने कार्यक्रम ल्याउने उल्लेख गर्दै त्यसका लागी तयारी अवस्थामा रहन कार्यकर्तालाई उनले आग्रह गरे।

प्रतिगमनले टाउको उठाउन खोजिरहेको उल्लेख गर्दै सडक, सदन र सरकार तिन वटै माेर्चा बाट तेस्का विरुद्ध लाग्नुपर्ने उनले बताए।


'केही भ्रष्टाचारका फाइल छिटै खुल्दैछन। भ्रष्ट तत्त्वलाई कारबाही गरिन्छ' उनले भने, '७० करोड,  ओम्नि र  यतिको सवैलाई थाह छ।'

सरकारले राम्रो काम गरेको नपचेर केहिलाई डाह भएको उनको भनाइ छ। 

प्रकाशित: २९ आश्विन २०८० १२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App