१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निधिलाई मधेशी जनतासँग भोट माग्ने नैतिकता छैन : राजेन्द्र महतो

जनकपुर, कात्तिक २२ –धनुषा क्षेत्र नम्बर ३ का राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधि सभाका उम्मेद्वार राजेन्द्र महतोले विमलेन्द्र निधिलाई जनकपुरका जनताले यसपटक चुनाव हराएर ठूलो सबक सिकाउने दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले धनुषाको जनकपुरमा नेता महतोसँग आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा उनले भने ।

‘जनताको मतआन्दोलनको पक्षमा सहभागि भएका सम्पूर्ण जनताहरुले मधेश आन्दोलनको विरुद्धमा लाग्ने, दमन गर्ने, मधेशी जनताको छातीमाथि गोली बर्साउनेहरुलाई हराएर पठाउनुपर्छ,'उनले भने,'
विगतमा मधेश आन्दोलनका विरुद्धमा सरकारी पक्षले बुलेटको प्रयोग गरेर जनताको अधिकार खोसेको भएपनि अहिले जनताले बुलेटभन्दा तागदकारी हतियार ब्यालेटमार्फत दिनेछन् ।'

उनले जनकपुरबासीले नेता निधिलाई पटक पटक चुनाव जिताएर पठाएपनि उनले यहाँको विकासको लागि सिन्को नभाँचेको आरोप लगाए ।  मधेशी जनताको हत्यारालाई सबक सिकाउनको लागि जनकपुरका जनताले नेतृत्व वर्ग आउनुपर्छ भनेर व्यापक माग गरेको कारण आफू यहाँ आएको उनको भनाई थियो ।

प्रकाशित: २२ कार्तिक २०७४ ०७:२२ बुधबार

निधिलाई मधेशी जनतासँग भोट माग्ने नैतिकता छैन राजेन्द्र महतो