६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

कोसीमा मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरूको हस्ताक्षर सनाखत सुरु

तस्बिर :चुमन बस्नेत /नागरिक <br>

कोसी प्रदेशमा मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरूको हस्ताक्षर सनाखत गर्ने काम सुरु भएको छ ।  प्रदेश प्रमुखको कार्यालयमा  सुरु भएको हस्ताक्षर सनाखत गर्ने समय दिउँसो २ सम्मलाई दिइएको छ । अहिले मुख्यमन्त्रीमा दावीपेस गरेका केदार कार्की समूहको हस्ताक्षर सनाखत हुँदैछ।

मुख्यमन्त्रीमा केदार कार्कीलाई कांग्रेसका आठ र एमालेका ३९ सांसदले समर्थन गरेका छन्।अर्कोतिर माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । तर, उनले विद्रोह गरेका कांग्रेसका आठ सांसदलाई पनि जोडेका छन्। कोसीमा बहुमत पुर्‍याउन ४७ सदस्य आवश्यक पर्छ।

प्रकाशित: २७ आश्विन २०८० ०३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App