१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वाम गठबन्धन बागीको अलमलमा, काँग्रेस चुनावी प्रचारमा

गाईघाट(उदयपुर) —आगामी मङ्सिर १० र २१ गते हुन गइरहेको प्रतिनिधसभा र प्रदेशसभाको निर्बाचनमा वाम गठबन्धनले देशैभरी विजय हासिल गरेर बहुमतको सरकार बनाउने सपना बोकीरहेका बेला उदयपुरमा भने बागी उम्मेदवारका कारण वाम गठबन्धन अलमलमा परिरहेको छ भने काँग्रेस चुनावी प्रचारप्रसारमा जुटेको छ।

उदयपुरमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभाका लागि निर्वाचन क्षेत्र निर्धारण भएपछि नेकपा एमाले र माओवादी केन्द्रले जिल्लामा आधा–आधा भाग लगाएर उम्मेदवारहरु तोके पनि दुवै पक्षबाट गठबन्धनलाई संकट पर्नेगरी जिम्मेवार नेताले नै बागी उम्मेदवारी हालेपछि अहिले उदयपुरको वाम गठबन्धन विवाद मिलाउन लागीपरेका छन्।

यता नेपाली काँग्रेस उदयपुरले भने जिल्लाको मुख्य त्रियुगा नगरपालिका क्षेत्र, कटारी, नगरपालिका क्षेत्र तथा बेलका नगरपालिका र चौदण्डी नगरक्षेत्रमा चुनावी प्रचारप्रसार शुरु गरेको कुरा नेपाली काँग्रेस उदयपुरका सचिव तथा पार्टी प्रवक्ता मदनराज कटुवाल बताए।

कट्वालका अनुसार अहिले नेपाली काँग्रेसले प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ का उम्मेदवार डा.नारायण खड्का, क्षेत्र नम्बर २ का उम्मेदवार नारायणबहादुर कार्कीसहित प्रदेशका लागि उम्मेदवार बनेका बिदुरबाबु बस्नेत, रामकुमार खत्री, हिमाल कार्की र भेषराज मगरले संयुक्त रुपमा चुनावी प्रचार शुरु गरेका छन्।
 

नेकपा एमालेका जिल्ला अध्यक्ष ईश्वरमणि राउतका अनुसार वाम गठबन्धनभित्र बागी उम्मेदवारलाई मिलाउन एउटा संयुक्त समिति नै बनाएर काम थालेको हुनाले समितिले काम गरिरहेको छ।

यस्तै वाम गठबन्धन बाहेक पनि एमालेबिरुद्ध एमालेकै उम्मेदवार र माओबादीबिरुद्ध पनि माओबादीकै बागी उम्मेदवार रहेका कारण पनि पार्टीगत छुटाछुट्टै वार्ता समिति बनाएर समितिमार्फत वार्ता भइरहेको गठबन्धनका जिम्मेवार जिल्ला नेताहरुले बताएका छन्।

एक गठबन्धनले अर्काविरुद्ध बागी हाल्नेदेखि आफ्नाविरुद्ध आफ्नै संगठनका नेताहरुले समेत बागी हालाहाल गरेपछि उदयपुरमा वाम गठबन्धन अलमल र संकटमा छ।

उदयपुरमा गठबन्धनमा बागी उम्मेदवारहरुलाई मिलाउन दुबै पार्टीका शीर्षस्थ नेताहरुले पहल गरिरहेको बताइएको छ।

अहिले गठबन्धनविरुद्ध बागी उम्मेदवार हाल्ने उम्मेदवारमा एमालेबाट पार्टीका पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडा, नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य कुशलबाबु बस्नेत, एमाले नेता होमप्रसाद दाहाल रहेका छन्।

यस्तै माओवादी केन्द्रबाट पार्टी जिल्ला अध्यक्ष बिनोद कटुवाल, पार्टी जिल्ला उपसंयोजक, जीवन कार्की, पार्टी जिल्ला उपाध्यक्ष नारायण बुर्जा, पार्टीका केन्द्रीय सल्लाहकार मीनबहादुर ठकुरीलगायतका नेताहरुले प्रदेशसभा र प्रतिनिधिसभाका लागि बागी उम्मेदवारी दिनु भएको संयुक्त वाम गठबन्धनका नेताहरुले बताएका छन्।

प्रकाशित: १९ कार्तिक २०७४ ०७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App