३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

पार्टीगत राजदुत चयन गर्नु सरकारको कमजोरी: नेता खनाल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पार्टीगत राजदुत चयन गर्दा कमजोरी भएको बताएका छन्।

मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले इजरायल घटनामा पनि राजदुतावास र राजदुतको क्षमतामा प्रशस्त प्रश्न उठेको बताए। सरकारले समयमै आवश्यक पहलकदमी नलिँदा जनतामा सरकार छ भन्ने आशा गुमेको उनको भनाइ थियो। नेता खनालले ‘क्राइसिस’ को बेलामा क्षमताका कुराहरु बढी प्रमुख रुपमा देखिने गरेको भन्दै सम्भावित घटना भए कसरी अग्रसरता देखाउने भन्ने बारेमा सक्रियता बढी देखाउनुपर्ने जिकिर गरे।

उनले भने, ‘इजरायलमा बंकरमा रहेका नेपाली विद्यार्थीसँग मेरो पनि प्रत्यक्ष कुरा भएको थियो। त्यसबारेमा संवाद गर्नसक्ने अवस्थामा हामी मन्त्रालयबाट प्रेस विज्ञप्तिको रुपमा मात्रै हामी ‘कम्युनेटेड’ गरिरहेका छौँ। त्यसले आम जनतामा सरकार निकम्मा भयो भन्ने म्यासेज गएको छ। सम्भावित घटना भए कसरी अग्रसरता देखाउने भन्ने बारेमा सक्रियता बढी देखाउनुपर्छ। क्राइसिसको बेलामा क्षमताका कुराहरु बढी प्रमुख रुपमा देखिन्छ। राजदुतावास र राजदुतको क्षमतामा प्रशस्त प्रश्न उठेका छन्। पीडित विद्यार्थीले पनि राजदुतावासमा प्रश्न उठाउनुभएको छ। हामीले राजदुत छान्दा सधैँ हाम्रा मात्रै छान्ने हो की, संवेदनशील मुलुकमा कस्ता राजदुत पठाउने ?’

सांसद खनालले पीडित विद्यार्थीले पनि राजदुतावासमाथि प्रश्न उठाएको भन्दै संवेदनशील मुलुकमा कस्ता राजदुत पठाउने ? भन्नेबारे सोच्नुपर्ने बताए। 

प्रकाशित: २३ आश्विन २०८० १०:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App