१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जनतालाई सुशासनको प्रत्याभूति दिनुपर्छ: अध्यक्ष नेपाल

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राज्यले जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सक्नुपर्ने धारणा राखेका छन्। उनले आफ्नो पार्टीले नागरिकका समस्या समाधान गर्न मेचीदेखि महाकाली समाजवादी अभियान सञ्चनालन गरेको दाबीसमेत गरे।

शुक्रबार हेटौंडामा भएको समाजवादी अभियानअन्तर्गतको जनसभालाई सम्बोधन गर्दै नेपालले नागरिकका समस्यालाई सडकसँगै संसद् र सरकारबाट समाधानको पहलका लागि अभियान सञ्चालन गरेको जानकारी दिए।

आफ्नो पार्टी मुलुकमा समाजवाद स्थापनाका लागि प्रतिबद्ध रही लागिपरेको र त्यसका लागि आम नागरिकलाई समाजवादबारे जानकारी गराउन मेची-महाकाली यात्रा तय गरिएको बताए।

‘आम नागरिकमाझ आफ्ना नीति तथा अजेन्डाको विषयमा जानकारी गराउँदै उनीहरूको धारणा बुझ्नका लागि यो अभियान सञ्चालन गरेका हौं,’ अध्यक्ष नेपालले भने, ‘नागरिकका समस्या समाधान गरेर राज्यमा सुशासन कायम गर्न सके मात्र उनीहरूमाथि न्याय हुनेछ।’

नागरिकका हरेक समस्याको सम्बोधन गरेर अघि बढ्नुपर्छ। त्यसैका हामीले यो समाजवादी जागरण अभियान सुरु गरेका हौं।’ जनताका माझमा पार्टीका नीति र मुद्दा स्थापित गराउँदै उनीहरूलाई आफ्नो पार्टीप्रति आकर्षित गराउनुपर्ने उनको भनाइ थियो।

जनताको न्यायका लागि अभियानमार्फत पार्टी र सरकारबाट पहल भइरहेको समेत उनले जानकारी दिए। आम नागरिकसँगको सहकार्यबाट मात्रै मुलुक समृद्ध हुन सक्ने उनले दाबी गरे। एकीकृत समाजवादीले कृषि क्षेत्रको विकास र विस्तारबाट अर्थतन्त्र मजबुत हुने नीति लिएको जानकारी दिए।

कृषि तथा पर्यटन क्षेत्रको विकासबाट नागरिकलाई समृद्धि अभियानमा जोड्ने प्रयत्न भइरहेको अध्यक्ष नेपालको भनाइ थियो। कृषि क्षेत्रको विकास र विस्तारबाट मात्र मुलुको अर्थतन्त्रमा सुधार हुने उनको जिकिर थियो। उत्पादन र उत्पादकत्व वृद्धि गर्दै आत्मनिर्भर कृषि पेसा निर्माणमा जोड दिएको उनले बताए।

कार्यक्रममा नेकपा (एस) का उपाध्यक्ष एम् वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेले समाजवादी जागरण अभियानलाई वडा वडा तहमा पुर्‍याउनुपर्ने बताए। उनले अभियानलाई सहर केन्द्रित मात्र नभई गाउँगाउँमा पुर्‍याएर अघि बढ्ने धारणा राखे। विद्रोहबाट जन्मिएको एकीकृत समाजवादी पार्टीले आफ्नो औचित्य पुष्टिका लागि आम नागरिकसँग जोडिएर काम गर्नुपर्ने उनको भनाइ थियो। 

प्रकाशित: २० आश्विन २०८० ०४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App