२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमााणपत्र प्रस्तुत

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि पाँच देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि स्वीटजरल्याण्ड र युरोपेली सङ्घका आवासीय तथा स्वीडेन अधिराज्य, हङ्गेरी र चेक गणतन्त्रका गैरआवासीय राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।

नेपालका लागि स्वीटरल्याण्ड र युरोपेली सङ्घका आवासीय राजदूतद्वय क्रमशः डानिली मिउली मोन्टिलोनी र लरेञ्जो भरोनिक, स्वीडेन अधिराज्यका गैरआवासीय राजदूत जन थेसलेफ, हङ्गेरीका इस्टभान साबो र चेक गणतन्त्रका एलिस्का जिगोभाले राष्ट्रपतिसमक्ष ओहोदापत्र प्रस्तुत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

समारोहमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो।

प्रकाशित: १८ आश्विन २०८० १४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App