१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीसँग भाषा आयोगका पदाधिकारीको भेट

भाषा आयोगका अध्यक्षसहितका पदाधिकारीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्।

तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा उनीहरुल्े सरकारी कामकाजको भाषासम्बन्धी पहिले भएका सिफारिसहरूमा केही संशोधन गर्नुपर्ने विषय सिफारिस पेस गरेका थिए।

सो क्रममा आयोगभित्र रहेका व्यवस्थापनका आन्तरिक समस्या र तिनका समाधानबारे पनि छलफल भएको थियो।

आजै नेपाल ट्रष्टका पदाधिकारीले ट्रष्टको नामका रहेको सम्पत्ति र तिनको उपयोगबारे प्रधानमन्त्री दाहालसँग छलफल गरेका छन्। छलफलका क्रममा ट्रष्टका सम्पत्तिको अभिलेख राख्ने र उपयोगका विधिबारे पनि चर्चा भएको थियो।

निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहलगायतको प्रतिनिधिमण्डलले आजै प्रधानमन्त्रीसँग भेटवार्ता गरेको छ। भुक्तानीसम्बन्धी आफूहरूको मागमा कुनै सुनुवाइ नभएको भन्दै उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीहरूको मागप्रति आफ्नो ध्यानाकर्षण भएको र मागको उचित सम्बोधन हुने बताएका थिए। 

प्रकाशित: १८ आश्विन २०८० १३:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App