२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

बागमती प्रदेशसभा बैठक स्थगित

बागमती प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ।

बुधबार दिउँसो बसेको प्रदेशसभा बैठकमा सभामुख भुवनकुमार पाठकले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिएका हुन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक पटक अवरुद्ध गर्दै आएको प्रदेशसभा बैठक बुधबार भने सञ्चालनमा भएको थियो। चिठ्ठा विधेयकको विषयलाई लिएर सोमबारदेखि सदन चल्न सकेको थिएन। सोमबार बसेको बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख कार्यालयबाट पुनः विचारका लागि फिर्ता भएको विवादित चिठ्ठा विधेयक सदनमा पेश गर्न खोजिएको थियो।

विधेयक पेश गर्ने तयारी भएसंगै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले विरोध जनाउँदै बैठक चल्न दिएका थिएनन्। एमालेकै अवरोधका कारण सोमबार र मंगलबार बैठक हुन सकको थिएन। बुधबार प्रदेशसभा सचिवालयले चिठ्ठा विधेयक कार्यसूचिबाट हटाएसंगै बैठक सञ्चालन भयो। बुधबारको बैठकले गत असोज १४ गते सदनमा पेश भएको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ।

बैठकमा प्रदेश सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव सर्वसहमतिले स्वीकृत गरिएको छ। सदनमा संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको उक्त विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्तावलाई सभामुख पाठकले निर्णयार्थ पेश गरेका थिए। उनले निर्णयार्थ पेश गरेको उक्त प्रस्तावलाई उद्योग पर्यटन तथा वातावरण समितिमा दवावार छलफलका लागि सर्वसम्मत रुपमा स्वीकृत गरेको हो। करिब ५ मिनेट बसेर बुधबारको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो।  

प्रकाशित: १७ आश्विन २०८० १३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App