२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

पेट्रोलियम पदार्थको मूल्यवुद्धि बारे मलाई जानकारी थिएन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको मूल्यवुद्धि बारे आफूलाई जानकारी नभएको बताएका छन्।  

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफ्नो जानकारीबीना नै पेट्रोलियम पदार्थको मूल्य आयल निगमले बढाएको बताएका हुन्।

उनले भने, 'पेट्रोलियम पदार्थको मूल्य वुद्धि मेरो जानकारीमा थिएन। केही महिना अगाडि विस्तारै पहिलेको ऋण चुक्ता गरेर नाफमा गएको अवस्थामा अटोमेसनमा जाने कुरा भएको थियो। तर, अहिलेको जनताको भावना र आवश्यकता विपरीत थियो। अटोमेसन भनेको आयल निगमको स्वतन्त्रता हैन। राज्यबाट बाहिर जाने भन्ने होइन। राज्य भित्रकै अंग हो। अहिलेको परिस्थितिमा फिर्ता लिएको छ।'

प्रकाशित: १४ आश्विन २०८० ०८:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App