४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एकले अर्काको धर्मलाई सम्मान गरौं: मुख्यमन्त्री चौधरी

‘मोहम्मद डे’ कार्यक्रममा सहभागी लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी लगायत। तस्बिर: अर्जुन ओली/नागरिक

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एकले अर्काको धर्मलाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल बहुसाँस्कृतिक, बहुधार्मिक समुदाय बसोबास गर्ने मुलुक भएकोमा सबैले गर्व गर्नुपर्ने धारणा राखे।

‘मोहम्मद डे’ पर्वको अवसरमा नेपाल मुस्लिम संघ बाँकेले नेपालगन्जको विपी चोकमा बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले धार्मिक एकता र सद्भावबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताए। उनले सबै धर्म र समुदायबीचको एकता नै नेपालको विशेषता भएकोमा जोड दिए। ‘एकले अर्काको धर्मलाई सम्मान गर्नुपर्छ,’ मुख्यमन्त्री चौधरीले भने।

कार्यक्रममा पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता मोहम्मद इश्तियाक राईले नेपालगन्जको धार्मिक तथा सामाजिक सद्भाव देशमै गर्व गर्न लायक भएको बताए। आगामी दिनमा पनि धार्मिक तथा सामाजिक सद्भाव कायम राखेर अगाडी बढ्नुपर्ने उनले जोड दिए। नेपालगन्जमा धार्मिक सद्भाव कायम राख्नमा धर्मगुरुको भूमिका महत्वपूर्ण रहेको उनले बताए।

इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्ललाहो अलैहीवसल्लमको १४९८ औं जन्मोत्सवका अवसरमा मुस्लिम समुदायले धुमधामका साथ ‘मोहम्मद डे’ मनाईरहेका छन्।  

प्रकाशित: ११ आश्विन २०८० ०८:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App