१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

गठबन्धन सरकार विदेशीको स्वार्थमा चलेको छ: अध्यक्ष ओली

कर्णाली प्रदेश अधिवेशनको उद्घाटन समाहरोमा एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर: गोविन्द केसी/नागरिक

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार विदेशीहरुको स्वार्थका लागि जे पनि गर्न तयार भएको आरोप लगाएका छन्।

बुधबार पार्टीको प्रथम कर्णाली प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा विदेशीहरुको स्वार्थपूर्तीका लागि गठबन्धनको सरकार लम्पसार भएको आरोप ओलीले लगाएका हुन्।

उनले राष्ट्रिय हितको रक्षा एमालेले अगुवाई गर्दै आएको र गठबन्धन सरकार लम्पसारवाद तर्फ उन्मुख भएको बताए। ‘पुर्खाले लडेर बचाएको देश, सार्वभौम सत्ताको रक्षा गर्ने काम एमालेले गर्दै आएको छ’ अध्यक्ष ओलीले भने, देशमा शान्ति ब्यवस्था गर्ने हाम्रो अविभारा रहेको छ।’ सुन तस्करी, भ्रष्टाचार लगायका विषयलाई जोड्दै ओलीले भने, ‘काँक्रा चोर्ने उनीहरु विया हाम्रोतिर टाँसेर उम्किन गठबन्धन सरकार लागिपरेको छ।’ प्रधानमन्त्री स्वदेश फर्केपछि एमालेसंग भएको सहमतीका विषयमा सरकारसंग गम्भिर भएर लाग्ने त्यसको परिणाम सरकारले भोग्ने ओलीले खुलासा गरे।  

 भूमि अनुसारको कृषि खेती हुनुपर्ने र अरुको नक्कल गरेर नहुँने उनको भनाइ थियो। कर्णालीमा मुख्यत ःपशु र माछापालन, जडिवुटी प्रमुख भएको ओलीले बताए। रेलदेखि विभिन्न पूर्वाधार निर्माणसम्म योजनाहरु सुनाउँदै अध्यक्ष ओलीले एमालेले मात्रै गरेको विकास जनताले अहिलेसम्म देखेको बताए। ओलीले आफ्नो सरकारले भूकम्पमा मात्रै ८ लाख ५० हजार घरहरु बनाएर देखाएको ठोकुवा गरे। ‘जनतामाँझ एमालेले गरेको कामहरुको प्रचार गर्नुस्’ ओलीले कार्यकर्तामाँझ भने, मिसन ८४ मा हरेक वडामा ५१ प्रतिशत एमाले बनाउने अभियान थाल्नुस्।’ उनले यसपालीको प्रतिनिधिसभा सदस्यमा कर्णालीबाट एमालेलाई लागेको धक्का स्मरण गर्दै अर्को चुनावमा तयारीका साथ लाग्नुपर्ने बताए।

उनले सरकारले शिक्षकको माग सम्बोधन नगरेको पनि आरोप लगाए। शिक्षकहरुको मागलाई सरकारले छिटो सम्बोधन गर्नुपर्ने पनि बताए। गठबन्धनको सरकारले जस्तोसुकै अपराधलाई बढवा दिएको उनले आरोप लगाए।  

प्रकाशित: १० आश्विन २०८० १२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App