८ वैशाख २०८१ शनिबार
राजनीति

देउवा सरकारको कठपुतली : बिजुक्छें

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले शेरबहादुर देउवा नेतृत्वको सरकार कर्मचारीको कठपुतली भएको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लवमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै स्थानीय तहको निर्वाचन सम्पन्न भएता पनि सिंहदरबारको अधिकार गाँउ–गाउँसम्म भन्ने नारामात्र सिमित हुनु र कर्मचारीले सरकार चलाउनुले देउवा सरकार कर्मचारीको कठपुतली भएको आरोप लगाएका छन् ।
‘स्थानीय तहको निर्वाचन सकिएको ४ महिना भैसक्दा पनि मेयर उपमेयरको तलबसम्म तोक्न नसक्नुका साथै सरकारले जिल्ला तहमा पूर्ण अधिकार दिन सकेको छैन् । पुष्पकमल र बाबुरामलाई थाहा भएको विषय भारतलाई थाहा छैन भन्नु हाँस्यास्पद कुरा हो । भारतले नेपालको सम्बृद्धि हेर्न नचाएको र बिस्तारै नेपालमा देखिएको राजनीतिक समिकरणले प्रष्टाउँदै लगेको छ ।’ उनले नेपाल मजदुर किसान पार्टीले कुनै दलसँग पनि तालमेल र एकता नगरिकन चुनावमा उत्रिने जानकारी गराए ।

प्रकाशित: २३ आश्विन २०७४ ०८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App