४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माओवादी कम्युनिष्ट पार्टी होइन, पूँजीवादी पार्टी हो: विजुक्छे

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छेले नेकपा माओवादी केन्द्र कम्युनिष्ट पार्टी नै नभएको बताएका छन्।

मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी विजुक्छेले माओवादी केन्द्र कम्युनिष्ट पार्टी नभई पूँजीवादी पार्टी भएको बताएका हुन्।

विजुक्छेले कम्युनिष्ट नामले नभई कामले मात्रै हुने भएकाले माओवादीको काम गराई कम्युनिष्ट पार्टीको जस्तो नरहेको धारणा राखे।

‘माओवादी कम्युनिष्ट नै हैन। पूँजीवादी पार्टी हो’ विजुक्छेले भने। विजुक्छेले एमालेलाई आफूले पहिलै भाइ कांग्रेस भन्ने गरेको र माओवादीले पनि एमालेकै बाटो समाएकाले यी दुवै पार्टीलाई कम्युनिष्ट पार्टी भन्न नमिल्ने स्पष्ट पारे। विजुक्छेले एमाले र माओवादीले पूँजीपतिले जे गर्छन् त्यही गरिरहेको आरोप लगाए। विजुक्छेले अहिलेको व्यवस्थाको विकल्प राजतन्त्र नभएकाले यो व्यवस्थालाई सुधार गर्नुपर्ने बताए।

विजुक्छेले प्रदेश संरचना आवश्यक नरहेको र स्थानीय तहलाई बलियो बनाउनुपर्ने धारणा राखे। विजुक्छेले प्रमुख राजनीतिक दलहरू नै सङ्घीयता कमजोर बनाउन लागि रहेको पनि बताए।

उनले प्रदेशमा मुख्यमन्त्रीको आवास नबनाएर सङ्घीय राजधानीमा बनाउनुले सङ्घीयता कार्यान्वयनमा ठूला राजनीतिक दलहरूनै इमानदार नदेखिएको धारणा राखे।

प्रकाशित: ९ आश्विन २०८० १२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App