२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

लुम्बिनीमा विभिन्न राष्ट्रका उच्च पदस्थ अधिकारीहरुको सम्मेलन हुँदै

लुम्बिनी प्रदेश सरकारले गौतम बुद्धको जन्मस्थल लुम्बिनी लगाएत प्रदेशको समग्र विकासमा जोड दिन भन्दै विभिन्न मुलुकका उच्च पदस्थ अधिकारीहरुको सम्मेलन गर्ने भएको छ। मन्त्री परिषद बैठकले यो सम्मेलन लुम्बिनीमा गर्ने निर्णय गरेको छ।

नोबेल पुरस्कार बिजेता कैलाश सत्यार्थीसहित विभिन्न राष्ट्रका उच्च पदस्थ अधिकारी (भिभिआईपी) हरुलाई प्रदेशमा आमन्त्रण गर्न लागिएको सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष कुमार पाण्डेले जानकारी दिए। उनका अनुसार आमन्त्रण गरिने विभिन्न राष्ट्रका उच्च पदस्थ अधिकारीहरुसंग लुम्बिनी प्रदेशको बिकासका सन्दर्भमा छलफल गर्ने तयारी सरकारको छ। ‘विभिन्न राष्ट्रका भिभिआईपीहरुलाई हाम्रो प्रदेशमा आमन्त्रण गरेर यो प्रदेशको समग्र विकासका सन्र्दमा बहस र छलफल गरिने छ,’ सरकारका प्रवक्ता पाण्डेले भने ‘उहाँहरुको आगमन हाम्रो प्रदेशको समग्र बिकासका निम्ती कोशेढुंगा सावित हुने छ।’

उनका अनुसार विभिन्न राष्ट्रका २२/२३ जना भिभिआईपीहरुको सम्मेलन हुने छ। उनीहरुलाई लुम्बिनीका बारेमा जानकारी दिने, प्रदेशको भौतिक पूर्वाधारको अवस्था, स्थानीय उत्पादनका बारेमा पनि पाहुनाहरुलाई प्रदेश सरकारका तर्फबाट जानकारी दिईने मन्त्री पाण्डेले जानकारी दिए। ‘लुम्बिनीको बारेमा जानकारी दिईने छ, यसैगरि प्रदेशको भौतिक पूर्वाधारको अवस्था संगै स्थानीय उत्पादन र ति उत्पादनको ब्राण्डिङका बारेमा पनि प्रदेश सरकारले पाहुनाहरुलाई जानकारी दिने छ,’ मन्त्री पाण्डेले भने ‘हामीहरुले यि बिषयमा जानकारी दिनु भनेको बाह्य मुलुकहरु हाम्रो प्रदेशको बिकासमा साझेदार बनुन् भन्ने नै हो।’

संघीय सरकारको समन्वयनमा आगामी माघ सम्म कार्यक्रम गर्ने योजना बनाएको प्रदेश सरकारले उक्त कार्यक्रमको तयारी भने सुरु गरिसकेको छ। ‘विभिन्न राष्ट्रका भिभिआईपीहरुको कार्यक्रम रहने भएकाले सुरक्षा व्यवस्थापन दरिलो बन्नु पर्छ,’ मन्त्री पाण्डेले भने ‘यसका लागि संघीय सरकारसंगको समन्वय अपरिहार्य रहन्छ, हामीहरुले संघीय सरकारसंग समन्वय गरिरहेका छौँ संगै कार्यक्रमको तयारी आन्तरिक रुपमा प्रदेश सरकारले गरिरहेको छ।’

प्रकाशित: ७ आश्विन २०८० १२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App