१७ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

पर्यटन बोर्ड र पर्यटन मन्त्रालयको द्वन्द्वले पर्यटन क्षेत्र संकटमा छः सांसद खनाल

पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल पर्यटन बोर्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको द्वन्द्वका कारण नेपालको पर्यटन क्षेत्र संकटमा परेको बताएका छन्।

शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले पर्यटन बोर्डले बजेट एलोकेट गर्न नसक्दा ठूला पर्यटनसँग सम्बन्धित प्रदर्शनीमा नेपालको सहभागिता हुन नसकेको भन्दै समितिको ध्यानाकर्षण गराए। उनले अझै अक्टोबरमा हुने पर्यटनसँग सम्बन्धित प्रदर्शनीमा बजेट नभएकै कारण नेपालबाट सहभागिता हुन नसक्ने कुरा आइरहेको भन्दै समितिले यसबारेमा गम्भीर रुपमा सोच्नुपर्ने बताए।

उनले भने, ‘टुरिजम बोर्डले नेपालको पर्यटन प्रवद्र्धनको काम गर्छ। तर गत हप्तासम्म टुरिजम बोर्डले बजेट एलोकेट गर्न नसकेर हामीले तीन, चार वटा ठूला पर्यटनसँग सम्बन्धित प्रदर्शनीमा नेपालको सहभागिता नरहेको र केही महत्वपूर्ण प्रदर्शनीमा नेपालको सहभागिता नरहनसक्ने कुरा देखिएको छ। त्यो बोर्ड र मन्त्रालयबीचको द्वन्द्वका कारण हो। त्यसमा हामीले गम्भीरतापूर्वक हेर्नुपर्छ।’

प्रकाशित: ५ आश्विन २०८० ०८:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App