१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीवारबाट सुरु भएको बैठक आजपनि बस्न लागेको हो। बैठक बिहान ११ बजेबाट सुरु हुनेछ।  

पहिलो दिनको बैठकमा नेताहरूले आफ्नो धारणा राखेका थिए। बैठकमा तीन वटा प्रस्ताव प्रस्तुत गरिएको थियो। बैठकपछि बोल्दै नेता मीनबहादुर विश्वकर्माले महासमितिको बैठक मङ्सिर १३, १४ र १५ गते काठमाडौँमा गर्ने प्रस्ताव पेस भएको बताएका थिए।  

अहिलेसम्म भए गरेका कामको समीक्षामा महामन्त्री गगनकुमार थापाले समीक्षात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यवाहक प्रधानमन्त्री र पार्टीका उपसभापति पूर्णबहादुर खड्काले सरकारको गतिविधिका बारेमा प्रस्तुत गरेका थिए।  

बिहीवारकै बैठकमा सभापति देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित समेत गरेका थिए।

प्रकाशित: ५ आश्विन २०८० ०३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App