१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

शिक्षक आन्दोलनले दुबो नष्ट भएपछि बालेनले भने: नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ

आन्दोलनको क्रममा बानेश्वरस्थित पार्कको दुबो नष्ट भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता सम्झेका छन्।

शाहले सामजिक सञ्जालमा दुबो नष्ट भएको तस्बिर राख्दै महाकवि देवकोटाको नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ,नच्यात्नु फुल नानी हो, दया र धर्म भाग्दछ भन्ने कविता सेयर गरेका हुन्।  

नेपाल शिक्षक संघको अगुवाइमा विद्यालय नै बन्द गरेर शिक्षकहरू सडकमा उत्रिएका छन्। सरकारले ल्याएको शिक्षा विधेयकको विरोध गर्दै उनीहरु आन्दोलनमा उत्रेका हुन्।

प्रकाशित: ४ आश्विन २०८० १२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App