१५ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

बाँकेमा अझै १३ जना उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेमा उम्मेदवार बनेका ५६ जनामध्ये ४३ जनाले मात्र निर्वाचन खर्च बुझाएका छन् । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ५६ जना उम्मेदवार बनेका थिए ।  

जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा ५६ जनाले उम्मेदवारी दर्ता गराएकोमा हालसम्म ४३ जनाले मात्र खर्च विवरण बुझाएका छन् ।  कार्यालयका सूचना अधिकारी युवराज पन्तका अनुसार अझै १३ जनाले निर्वाचन खर्च बुझाउन बाँकी रहेको छ ।  

निर्वाचन परिणाम घोषणा भएको एक महिनाभित्र सबै उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ ।  चैत २३ गतेभित्र खर्च विवरण बुझाइसक्नुपर्ने समयसीमा रहेको छ ।  

बाँके जिल्लाको क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेशकुमार चौधरी, क्षेत्र नं २ बाट नेकपा (एमाले) का मोहम्मद इश्तियाक राई र क्षेत्र नं ३ बाट रास्वपा कै खगेन्द्र सुनार निर्वाचित भएका थिए ।  

 

प्रकाशित: १५ चैत्र २०८२ १५:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App