नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत थापाले विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक भएको र संसदमा यसलाई सच्याउने बताउँदै आन्दोलन फिर्ता लिन आग्रह गरेका हुन्।
उनले भनेका छन्, ‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौं, विद्यालय बन्द नगरौं।’
प्रकाशित: ४ आश्विन २०८० ०७:१३ बिहीबार