१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

सिरहा नगरपालिकामा मेयरमा फोरम, उपमेयरमा एमाले विजयी

सिरहा- सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ। प्रमुखमा फोरमका अशेश्वर यादवले ९२३४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नविन कुमार यादवले ९०६३ मत प्राप्त गरेका हुन्।

यसैगरी उप-प्रमुखमा एमालेकि नमिता यादवले ९१६१ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिस्पर्धी फोरमकी शोभादेवी मण्डलले ८९९० मत प्राप्त गरेकी हुन्।

 

प्रकाशित: ८ आश्विन २०७४ ०२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App