२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अस्पताल पुर्‍याउँदा नेम्वाङको मुटुको चाल थिएन, आँखाको नानी फुलिसकेको थियो

नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङलाई अस्पताल पुर्‍याउँदा उनको मुटुको चाल नभएको त्रिवि शिक्षण अस्पतालले बताएको छ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा.सन्तकुमार दासले विज्ञप्ति जारी गर्दै नेम्वाङलाई अस्पताल ल्याउदा मुटुको चाल नभएको जानकारी दिएका हुन्।

'अस्पतालमा राति १ बजेर ५० मिनेटमा नेम्वाङलाई ल्याइएको रचिकित्सकबाट जाँच गर्दा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था थियो। त्यसबखत उहाँको आँखाको नानी फुलिसकेको र स्थिर रहेको थियो’  विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २६ भाद्र २०८० ०८:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App