१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

त्रिवि शिक्षण अस्पताल पुगे शिर्ष नेताहरू

संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको निधनकाे खबरपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेता त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्।

त्यस्तै नेता सुरेन्द्र पाण्डे, माधवकुमार नेपाल, राजेन्द्र लिङ्देन लगायत अन्य दलमा शिर्ष नेताहरू पनि अस्पताल पुगेका छन्। नेम्बाङकाे गएराति १ बजेर ३० मिनेटमा हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ।  

सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत अन्य एमालेका धेरै नेताहरु अहिले शिक्षण अस्पतालमा पुगेका छन्। 

प्रकाशित: २६ भाद्र २०८० ०१:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App