१ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

रक्षामन्त्री खड्का अस्पतालबाट ‘डिस्चार्ज’

फाइल।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्।

स्वास्थमा समस्या देखिएपछि खड्का भदौ १३ गते छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका थिए।

सोही दिन उक्त अस्पतालका कमान्डान्ट प्राविधिक सहायक रथी प्राडा भरतबहादुर भण्डारीको नेतृत्वको चिकित्सक टोलीले खड्काको ‘प्रोस्टेट ९बिपिएच०’ शल्यक्रिया गरेको अस्पतालले जनाएको छ।

शल्यक्रियापश्चात् स्वास्थ्य लाभका लागि अस्पतालमा रहेका उपप्रधान तथा रक्षामन्त्री खड्का आइतबार साढे ३ बजे अस्पतालबाट डिस्चार्ज भएका वीरेन्द्र अस्पतालले जनाएको छ।

प्रकाशित: २४ भाद्र २०८० १४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App