प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ।
मंगलबार दिउँसो दाहाल र ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको हो।
भेटवार्तामा संसदमा विचाराधीन संक्रमणकालीन न्यायासम्बन्धी विधेयक र प्रधानमन्त्री दाहालको आसन्न चीन भ्रमणबारे कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।
प्रधानमन्त्री दाहाल दुई सातापछि संयुक्त राष्ट्रसंघ तथा चीन भ्रमणमा जाँदैछन्।
प्रकाशित: १९ भाद्र २०८० १०:४२ मंगलबार